Corona live

Wednesday, September 24, 2025

देशको अवस्था र व्यवस्था, बिनाश र विकाश

 

देशको अवस्था र व्यवस्था

मेरो प्रिय देश, मेरो परिचय केवल यति छ कि म एउटा देश भक्त नेपाली हो, र आज म आफ्नो देशका लागि आफ्नो मनोभाव व्यक्त गर्ने कोसिस गेरेको छु ।

हाम्रो देश सांचै नै सुन्दर र अतुल्नीय छ । विश्वको यस्तो कुनै देश छैन जहा यस्तो भौगोलिक सुन्दर्ताले भरिएको छ । यहा विश्वको अग्लो हिमाल शिखर छ, अनगिनित पहाडकाहरुका चोटी छन् र अति उर्वरा शक्ति भएका समथर तराईका जमिनहरु छन् । समग्र रुपमा चिन्नु पर्दा मेरो देश प्राकृतिक भिन्नताको एकता हो । तर हाम्रो देशलाई शतिको श्राप लागेको हुनाले यहा विभिन्न कालखण्डमा देशलाई सास्ती भोग्नु परेकोछ । कहिले प्रकृतिक आपदा त कहिले राजनितिक – यहा प्राकृतिक आपदाको ब्याख्यान गरि राख्नु पर्दैन तर राजनितिक ब्याख्यान बिना बस्न सकिन् ।

यस कालखण्डमा हामीले धेरै राजनैतिक घटणाहरु हेरेका छौं ।

जहाँ

१)    राणा काल

२)    राजतन्त्र काल

३)    प्रजातन्त्र काल

४)    संघिय लोकतान्त्रिक गणतन्त्र काल

अहिले

५)    Generation – Z  (Gen-Z) काल

यहाँ सबै कालखण्डलाई न्यालेर हेर्दा यो सबै कालखण्डको अन्त्य विध्वन्सक नै रहेको देखिन्छ । यो सबै कालखण्डको अन्त्य अन्दोलन, तोड-फोड, आग्जनि र हिंसा बाटै भएको देखिन्छ । विकाशकमो नाममा सबै कालखण्डको अन्त्यबाट देशको अवस्था र व्यवस्था सबै फेरिन्छ र फेरी नयाँ कालखण्डको आरम्भ हुन्छ तर मेरो देश जस्ताको त्यस्तै देखिन्छ ।

देशको अवस्था र व्यवस्था त्यतिकै फेरिदैन, यसका लागि देशका विभिन्न सपुतहरुले आ-आफ्नो ज्यानको बलिदान दिदै आएका छन् । सत्य कुरा यही हो बलिदान दिने ले केहि पाएका छैन्न तर व्यवस्था फेरीएको देखाउनलाई उही पुरानो कुर्सीको नयाँ अनुहारको रुपमा आईपुग्छ र अर्को विध्वन्सक नहुन्जेल सम्मन यो व्यवस्था चलिरहन्छ ।

हाम्रो देशमा विभिन्न कालखण्डमा अवस्था फेरिएको देखिन्छ तर व्यवस्था जस्ताको त्यस्तै छ । देशमा विकाशको नाममा विनाश देखिन्छ तर देश जस्ताको त्यस्तै छ ।

प्रश्न ?

के हाम्रो देश यस्तै रहने हो ? हरेक पल्ट व्यवस्था फेर्न ज्यानको बलिदान दिनै पर्ने हो? यस्तो अवस्थामा देशले के पएको छ ? के हामीलाई थाहा छ हरेक कालखण्डको घटणाले देशलाई कति पछाडी धकेलिएको छ ?

 

No comments:

Post a Comment